मकवानपुर,  १० माघ २०७५ । मकवानपुरगढीमा गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको दिनको स्मरणमा मनाउँदै आईएको विजय उत्सव आज मनाइदैं छ । विजय उत्सवको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी गढी दरवारमा आउदै छिन्, । उनले गढीदरवारमा आएर गणतन्त्र नेपालको सातै प्रदेशको नक्सा जुन ताम्रापत्रमा शिलालेख तयार गरिएको छ त्यसलाई अनावरण गर्ने र झण्डातोलन गर्ने कार्यक्रम रहेको गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।

 अध्यक्ष हुमागाईले पृथ्वी नारायण शाहको पालामा सेनाले प्रयोग गरेको पोषाक र हतियार प्रयोग गरि नेपाली सेना सलामी दिने कार्यक्रम रहेको बताए । दरवारको अवलोकन पछि राष्ट्रपति भण्डारी औपचारिक कार्यक्रममा सरिक हुने अध्यक्ष हुमागाईले बताए । सन् १७६३ साल जनवरी २० को दिन पृथ्वी नारायण शाहको गोरखा सेनाले वंगालका नवाव तत्कालिन मिरकासिमले गुरगिन खाँको नेतृत्वको सेनालाई पराजित गरेको दिनलाई विजय उत्सवको रुपमा मनाउने गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्