काठमाडौं ९ माघ २०७५ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ डा. केसीको पक्षमा विशाल प्रदर्शन गरेको छ । राजधानीमा झरीको बिचमा नेवि संघले विशाल प्रदर्शन गरेको हो । कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलन गरेको हो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले सरकारले दुई तिहाइको दम्भ देखाउदै पेलेर जाने मनसाय देखाएको र यस किसिमको कार्य भएमा आगामी दिनमा आन्दोलन अझ सशक्त बनाउने बताए ।

गोविन्द केसीको पक्ष र निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको विरुद्धमा नेविसंघले सडक तताएको हो नेवि संघ केन्द्रिय सदस्य प्रेम बहादुर शाहीले भने ।

सरकारको लाचारीपनको कारण आफुहरु सडकमा उत्रिन बाध्य भएको बताउदै सरकारको हेपाहा प्रवृत्रिलाई मात्र आफुहरुले विरोध गरेको बताए । समाइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्