काठमाण्डौँ, माघ ९ २०७५ । वैदेशिक रोजगारीमा जाने नेपालीले अब बैंकबाट २ सय डलर मात्रै साट्न पाउने भएका छन् । यसअघि ५ सय डलर साट्न पाउने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले अब २ सय डलर मात्रै साट्न पाउने नियम बनाएको हो ।

विदेशी विनिमय सञ्चितीमा ह्रास आएको भन्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यही व्यवस्थाअनुसार अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई २ सय डलर मात्रै सटहीको सुविधा दिन राष्ट्र बैंकले मंगलबार नै बैंकहरुलाई निर्देशन दिइसकेको छ ।

रोजगारीमा जानेहरुसँग २ सय डलर भएमा उनीहरुलाई पुग्ने राष्ट्र बैंकको दाबी छ । विदेश पुगेपछि कामदारको खर्च रोजगारदाताले बेहोर्ने भएकाले २ सय डलरले पुग्ने राष्ट्र बैंकको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्