गोरखा, १ असार २०७८ । गोरखा अस्पताल प्रमुखसँगको विवादपछि कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन (नवौ‌ं तह) डा. हेमन्त ढुंगानाले राजीनामा दिएका छन् । गत जेठ २३ गते ढुंगानासहितका केही चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल प्रमुखको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारी र अस्पताल व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका थिए ।

अस्पताल प्रमुख शान्ति भुर्तेलले आफूसँग प्रतिशोधको व्यवहार गरेको भन्दै ढुंगानाले मंगलबार अस्पतालमार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

गत चैत ८ गतेदेखि अस्पतालमा करारमा कार्यरत ढुंगानाले असार १ देखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।

ज्ञापनपत्रमा अस्पताल प्रमुखले मनपरी निर्णय गरेको, कर्मचारी तथा चिकित्सकलाई जागिर खाइदिन्छु भन्दै दुव्र्यवहार गरेको, अस्पतालको सेवा सुधारमा कुनै चासो नदिएको र समन्वय नगरेको जस्ता आरोप लगाइएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्