काठमाडौँ,१ असार २०७८ । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउँदैछन् ।

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।

प्रदेश १ मा मङ्गलबार अपराह्न ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङका अनुसार आगामी आर्थिक वर्षको लागि सानो आकारको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस्तै, प्रदेश २ को प्रदेश सभाको बैठक मङ्गलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवका अनुसार आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकता राखिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्