काठमाडौं, ३० जेठ २०७८ । माइटी गरुडा च्यारिटेवल ट्रष्टले नि´षेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल, नून लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

संस्थाले नगरपालिकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु स्वागतयोग्य कदम रहेको भन्दै सदैव साथ र सहयोग रहेको धारणा राख्नुभयो ।

साथै, माइटी गरुडा च्यारिटेवल ट्रष्टका संयोजक एवं दलित बिद्यार्थी संघका अध्यक्ष राजु सुनारले नि´षेधाज्ञाले सर्वसाधारणलाई निकै असर परेको भन्दै समस्या समाधानका लागि सहयोग गरेको बताउनुभयो ।

संस्थाले नि´षेधाज्ञाका कारण समस्यामा परेका नागरिकका लागि ट्रष्टले हेल्प सेन्टर नै सञ्चालन गरेको जनाएको छ ।

अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहजीकरण गर्ने काम पनि गरिएको ट्रष्टले जानकारी दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्