धनगढी, ७ माघ २०७५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेको सहमतिलाई संसदले पूरा गर्नैपर्ने अडान राख्नुभएको छ ।

संसदीय सर्वोच्चताको बिरुद्धमा आफूलाई उभ्याउँदै प्रवक्ता शर्माले डा गोबिन्द केसीसँग सरकारले गरेको सहमतिलाई जस्ताको तस्तै लागू गर्नुपर्ने अडान कांग्रेस प्रवक्ता शर्माले राख्नुभएको हो ।

‘सरकारसँग भएको सहमतिबमोजिम केसीका माग सम्बोधन गर्नैपर्छ,’ नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भन्नुभयो । उहाँले अनशनरत् प्राडा डा गोविन्द केसीले राखेका माग आम नेपाली जनताको भावनासँग जोडिएको पनि जिकिर गर्नुभयो ।

प्रवक्ता शर्माले आज चिकित्सा शिक्षाको सुधारका विषयमा डा केसीले राखेका माग सम्बोधन गर्न नै विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले माथेमा कार्यदल गठन गरी काम अघि बढाएको बताउनुभयो । सरकारसँग भएको सहमतिबमोजिम केसीका माग सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

पत्रकारको प्रश्नमा उहाँले काङ्ग्रेस महासमिति बैठकपछि पार्टीभित्रको गुट–उपगुट अन्त्य भएको दाबी गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्