काठमाडौं, ५ माघ २०७५ । ‘लखपति एक्सप्रेस’ योजना अन्तर्गत मान बहादुर खत्री विजेता घोषित हुनुभएको छ । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाअन्तर्गत सिटी एक्सप्रेसमनि ट्रान्सफर जापानबाट पैसा पठाइ मानबहादुर खत्री विजेता घोषित भएका हुन् ।

बम्पर उपहारअन्तर्गत उनले १२ लाखको ‘लक्की ड्र’ मार्फत जितेका हुन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहका बीच सिटी एक्सप्रेसको प्रबन्धनिर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सीताराम कट्टेलद्वारा सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उक्त विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

उक्त उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रूपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरू विद्युतीय लक्की ड्र मार्फत विजेता छनोट गरिएको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्