गोरखा, बुधबार, ५ जेठ २०७८ । गोरखाको भिमसेनथापा गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको दोस्रो चरणको भेरियन्तसहितको भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा दिन प्रतिदिन भिमसेनथापा गाउँपालिकामा तिब्र रुपमा फैलिएको कोभिड विरुद्ध केही हदसम्म माहामारीका बेला कोरोना नियन्त्रणमा सहजता हुने उदेश्यले जीविका कृषि सहकारी संस्था लि. को पहलमा स्वास्थ्य सामाग्री तथा आइसोलेसन सेन्टर निर्माणका लागि सामाग्री वितरण गरिएको छ ।

सर्जिकल माक्स, साबुन, पि पि ई , स्यानिटाइजर, थर्मल गन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर लगायत अन्य स्वास्थ्य सामाग्री भिमसेन थापा गाउँपालिका-४ का वडा अध्यक्ष मदन कुमार शाक्य, जीविका कृषि सहकारी संस्था लि का अध्यक्ष प्रकाश सिं क्षेत्री, धावा स्वास्थ्य चौकीका प्रमुख गुणराज लामिछाने लगायत अन्य महानुभावको उपस्थितिमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्