काठमाडाैं, सोमबार, ३ जेठ २०७८ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको एक हजार ३ सय ७५ थान अक्सिजन सिलिण्डर नेपालमा आइपुगेको छ ।

वैशाख २८ मा पहिलो र जेठ २ मा दोस्रो उडानमार्फत् ८०० सय थान अक्सिजन सिलिण्डर ल्याइएको थियो । आज तेस्रो उडानमा थप ५७५ थान अक्सिजन सिलिन्डर आइपुगेको हो ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले तीन पटकमा ती सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री ल्याएको हो । वाइडबडी जहाजले अक्सिजन सिलिन्डरसँगै ३७० थान कन्सन्ट्रेटर र १० थान भेन्टिलेटरसमेत चीनबाट ल्याएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्