काठमाडौं, आइतबार, २ जेठ २०७८ । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् ।

निर्वाचन आयोगले उम्मेदवारलाई चिह्नसमेत प्रदान गरिरसकेको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बाग्मतीतर्फ उपनिर्वाचनका लागि तीन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकिएको प्रस्ट पारे । जसअनुसार सत्तारूढ नेकपा एमालेबाट उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सूर्य चिह्न पाएका छन् ।

आगामी ६ जेठमा हुने उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।

त्यस्तै, स्थानीय तहका २ सय ३८ प्रमुख/उपप्रमुखसमेत गरी कुल ३ सय ४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्