काठमाडौं, आइतबार, २ जेठ २०७८ । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले अन्तर्राष्ट्रिय समुदायसँग नेपाललाई सहयोग गर्न अपिल गरेकी छन् ।

उनले साजमाजिक सञ्जालमार्फत कोभिड-१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी हुन् ।

‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम विकसित देश हो’, क्लार्कले लेखेकी छिन, ‘नेपाललाई खोप आपूर्तिसहितको अत्यन्तै धेरै सहयोगको आवश्यकता छ।’न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले ट्विट गर्दै नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्