साउदी, १ माघ २०७५ । पछिल्लो समयमा विभिन्न मिडियाहरु मार्फत जर्जर भनिएको जलेश्वर चौधरीको वास्तविक अवस्था बाहिर चलेको हल्ला भन्दा बिल्कुल फरक रहेको पाईएको छ ।

विभिन्न अनलाईन मिडिया तथा सामाजिक संजालमा फैलिएको हल्ला झुटो सबित भएको छ । जलेश्वर चौधरीको जिवन सुरक्षित रहेको छ । हाल उनी जेल मुक्त भई सकेका छन तर बल्डमनिको मुद्दा भने अन्यौलमा नै रहेको छ ।

आज भन्दा ४ वर्ष अगाडी बि.सं २०७१ साउन ११ गते जि. आर म्यानपावर बाट ड्राईभिङ भिषामा साउदी अरब उडेका खैरेनी नगरपालिका -१० चितवनका जलेश्वर चौधरी राफ कम्पनीमा आएका थिए । उक्त कम्पनीले रेडी मिक्सको काम गर्छ । कम्पनिमा आँउदाको भोली पल्टैबाट बिना लाईसेन्स चौधरीलाई मिक्सर गाडी चलाउन लगाईयो । पट्क-पट्क लाईसन्स बनाई दिन अनुरोध गर्दा पनि कम्पनिले लाईसेन्स बनाईदिनुको साटो उल्टै तिमीलाई केही हुदैन, केही भयो भने हामी जिम्बेबारी छौ भन्ने आश्वासन दिदै आयो ।

करिब ६ महिनापछि डिउटीकै सिलसिलामा चौधरीले चलाई रहेको गाडीमा एक साउदी नागरिकको गाडी पछाडीबाट ठोकिन पुग्यो । जसको कारण उक्त साउदी नागरिकको घट्नास्थलमै मृत्यु हुन् पुग्यो । गल्ति साउदी नागरिकको नै थियो तरपनि चौधरीको ड्राईभिङ लाईसेन्स नभएका कारण कानुनत उनकै गल्ति ठहर भयो । सोही अनुसार जलेशवर चौधरीलाई प्रहरीले थुनामा राख्यो । पहिला २ महिनाको सजाय सुनाएता पनि जेल जिवन २२ महिना सम्म लम्बाईयो र उनलाई अदालतले जेल मुक्त गरायो ।

यसै बिषयलाई नेपाली दुताबास रियादले पनि चौधरी सुरक्षित रहेको र अदालतले उनलाई बाहिर हिडडुल गर्न अनि काम गर्नको लागी पत्र समेत दिएको दावी गरेको छ । नेपाली दुताबासका उपनियोग प्रमुख आनन्द प्रसाद शर्माका अनुसार चौधरीलाई दुर्घटनामा मृत्यु भएको अभियोगमा बल्डमनि स्वरुप ३ लाख साउदी रियाल जरिवाना तोकेको थियो । मृतक परिबारका केही सदस्यहरुले जरिवाना मिनाह गरिदिए पछि अहिले उनको जरिवाना ३ लाख बाट घटेर १ लाख ५० हजार साउदी रियाल रहेको छ ।

मृतक परिबारका केही सदस्य नाबालक रहेको हुनाले मुद्दा अल्झिएको उप-नियोग प्रमुख शर्माले कुराकानीमा जानकारी दिनुभयो । राजदुताबाससँग त्यती ठुलो रकम छैन, हामीले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने छौं । परिबारका नाबालक सदस्य बालिक भएपछि मिलेमतोमा बल्डमनि मिनाह गर्न राजी भए चौधरी बिना पैसा सजाय मुक्त हुन्छन, उहाले भन्नुभयो । नाबालक सदस्य हरुको जिम्मेबारी बालिक सदस्यहरुले लिने अथवा अदालतमा केही त्यस्तो कानुन भए त्यो सम्बन्धि बुझ्न राजदुताबासले स्वयंसेवक खटाएको जानकारी पनि उपनियोग प्रमुख शर्माले दिनुभयो ।

पिडित चौधरी अहिले साउदी अरबको अलजोफ शहरको अलबुराईदा भन्ने ठाँऊमा सकुशल आफ्नो साथीको कोठामा बस्दै आएका छन । बाहिर काम गर्न खोज्दा प्रहरीले दु:ख दिने तथा काम गर्न नदिएका कारणले खानबस्नको समस्या रहेको चौधरीले दु:खेसो पोखे ।

२५ वर्षिय जलेश्वर चौधरी अबिबाहित हुन । घरमा बुवा- आमा छन भने उनीहरु सँग पनि बेला-बेलामा सम्पर्क भईरहेको चौधरी बताउछन । श्रोत :- NA Media.

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्