गोरखा, आइतबार, २६ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले साेमवार (भाेलि) देखि वर्तमान सरकार जिम्मेवारी मुक्त हुने बताउनुभएको छ ।

गृह जिल्ला गोरखामा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले सरकारले कुनै हालतमा विश्वासको मत प्राप्त गर्न नसक्ने बताउनुभयो । ‘सरकारको अहिलेसम्मको प्रति’गमनकारी, नि’रङ्कुशतावादी, सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियामा असाध्यै छिपछिपेपन, को’रोना महामारी नि’यन्त्रणमा देखिएको नाला’यकीपन र अस’क्षमतालगायतका कारण सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन ।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले  भन्नुभयो ।

 नेपाली कांग्रेस संसदीय दलका नेतालाई बहुमतको प्रधानमन्त्री बनाउने विषयमा टुङ्गो लागिसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । त्यस्तो अवस्थामा कसरी बहुमतको सरकार बन्न सक्छ ? भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘त्यो त भोट हालेपछि वा सही गरेपछि देखिन्छ, तपाईँहरूले पनि केही दिन पर्खिनुपर्छ ।’ 

एमालेको एक समूहले सांसदबाट राजीनामा गरे पनि वा जनता समाजवादी पार्टी मतदानमा तटस्थ बस्दा पनि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने श्रेष्ठले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्