काठमाडौँ, आइतबार, २६ बैशाख २०७८ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ ।

राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्त्वको चलखेलका कारण राजीनामा गर्न बाध्य भएको उल्लेख गर्नुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्