काठमाडौँ, आइतबार, २६ बैशाख २०७८ । नेपाल चेम्बर अफ कमर्सले को’रोना स’ङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।अहिलेलाई काठमाण्डौ उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।

आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोरोनाका कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।

एम्बुलेन्स सेवा प्रयोगका लागि ०१-५३३०९४७ वा क्षेत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्