काठमाडौं, २६ बैशाख २०७८ । नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका, जापानको तेस्रो महाधिबेशन यहि मे महिनाको २२ तारिक शनिबार गर्ने भएको छ ।

क्युस्यु क्षेत्रिय कार्यसमितिको हिजो बसेको कार्यसमितिको बैठकबाट मे २२ तारिक शनिबार जुम भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको अध्यक्ष भिम बहादुर गुरुङ्ग ज्युले जानकारी दिनुभयो ।

संस्थाको अध्यक्ष भिम बहादुर गुरुङ्गको अध्यक्षतामा कोरोना संक्रमणका कारण भौतिक रुपमा उपस्थित भई मिटिङ्ग तथा कार्यक्रम गर्न सम्भब नभए पछि भर्चुअल माध्यमबाट बसेको कार्यसमितिको मिटिङ्गबाट मे २२ तारिक शनिबार गर्ने गरि नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिका सल्लाहकार तथा गैर आवासीय नेपाली संघका केन्द्रिय सदस्य रामकृष्ण श्रेष्ठ ज्युको अध्यक्षतामा ५ सदस्यीय महाधिबेशन निर्वाचन कार्यसमिति गठन गरेको छ ।

उक्त निर्वाचन कार्यसमितिमा संयोजक रामकृष्ण श्रेष्ठ, सदस्यहरुमा सुपेन्द्र घिसिङ्ग, हस्त लामा, प्रदिप श्रेष्ठ र भिम बहादुर गुरुङ्ग रहेका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्