धादिङ, आइतबार, २६ बैशाख २०७८ । को’रोना भा’इरसका सं’क्रमितको संख्या बढ्दै जाँदा देशका विभिन्न ठुला तथा साना अस्पतालहरुमा ब्लडको चरम अभाव भएको छ ।

म’हामारी रूपमा फैलिएको को’रोना भा’इरसको समयमा खुल्ला रक्तदान गर्नेहरुको संख्या कमि हुन थालेपछि काठमाडौ लगायत ठुला तथा साना अस्पतालहरुमा ब्लडको अभाव भएको हो । यस्तै विश्व रेडक्रस दिवसको अवसरमा धादिङमा आयोजना गरिएको सामुहिक रक्तदान कार्यक्रममा भने १६ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाले धादिङबेशीमा आयोजना गरेको सामुहिक रक्तदान कार्यक्रममा ११ जना पुरुष र ५ जना महिला गरि कुल १६ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङले कोभिडको समयमा ठुला तथा साना अस्पतालहरुमा रगतको चरम अभावलाई कम गर्ने उद्धेश्यले सामुहिक रक्तदानको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्