काठमाडौँ, बिहिबार, २६ बैशाख २०७८ । कृषि, पशु, मत्स्य तथा कृषि औजार तथा प्रविधिमा अध्ययन अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३० वर्ष पूरा गरेको छ ।

बि २०४८ सालमा स्थापना भएको नार्कले छोटो समयमा राम्राराम्रा अनुसन्धान गरेर नाम कमाएको थियो तर पछिल्लो समय जनशक्तिको अभावमा सोचेजस्तो उपलब्धि गर्न नसकेको नार्ककै पदाधकारीहरू बताउँछन् ।

नार्कका सूचना अधिकारी बाबुराम पौडेलका अनुसार विगत तीन वर्षदेखि नार्कमा जनशक्ति थपिएको छैन । अवकाशप्राप्त भएर गइरहेका छन्, कोही जागिर छाडेका छन्, कोही विदेश पलायन भएका छन् तर त्यसको ठाउँमा पदपूर्ति भएको छैन ।

नार्कमा एक हजार ८४३ दरबन्दी छ । त्यसमध्ये करिब पाँच सय वैज्ञानिक तथा प्राविधिकका छन् तर अहिले ५० प्रतिशत पनि जनशक्ति छैन । अधिकारी पौडेलका अनुसार नार्कमा अहिले ४० प्रतिशत पनि वैज्ञानिक छैनन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्