अमेरिका, आइतबार, २६ बैशाख २०७८ । अमेरिकाको बाल्टीमोरमा आ’गजनीसंगै ब’न्दुक आ’क्रमणमा परी एक नेपाली घा’इते, एकको मु’त्यु भएको छ ।

अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टीमोर काउन्टीको बुडल्यानमा नेपालीको घरमा आ’गजनीसंगै बन्दुक आ’क्रमणमा परेर एक २६ वर्षिय नेपाली युवाको ज्या’न गएको हो । घटनामा अर्का नेपाली युवा घा’इते भएका छन् । मुत्यु तथा घाइते नेपालीको पहिचान अवस्था हेरेर सार्वजनिक गरिने मेरिल्यान्ड राज्यका राज्य सासद ह्यारी भण्डारीले जानकारी दिए ।

मृतक २६ वर्षिय युवा हालै मात्र क्यालिफोर्नियाबाट बसाई परेका आएका थिए । उनको नेपालको घर संखुवासभा भएको बुझीएको छ । घाइते अर्का नेपाली युवाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । आ’क्रमणकारीले अन्यलाई पनि आक्रमण गर्न खोजे पनि केही नेपालीले भागेर ज्यान बचाएको प्रत्यक्षदर्शिलाई उद्धृत गदै भण्डारीले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्