स्याङ्जा, शनिबार, २५ बैशाख २०७८ । नेपाली कांग्रेस स्याङ्जाले आफ्नो कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि आवश्यकता परेको समयमा दिने निर्णय गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर निकै कडा रुपमा प्रस्तुत भइरहेका समयमा स्याङ्जामा पनि कोरोना व्यापक बन्दै गएको भन्दै काङ्ग्रेसले उक्त निर्णय गरेको हो ।

स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको उक्त भवन स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी संस्थाले आइसोलेसन निर्माणको लागि लिन चाहेको खण्डमा तत्काल प्रयोग गर्न दिने निर्णय गरिएको नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति रानाले बताउनुभयो ।

उहाँले सरकार, सम्पूर्ण राजनैतिक दल, नागरिक समाजलगायत सबैलाई महामारीको बेला सहयोगी भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभयो ।

दोस्रो भेरियन्टको लहर तीव्र बन्दै गर्दा देशभरि अस्पताल, बेड, आइसोलेसनको अभाव भएका बेला जिम्मेवार दलका हैसियतले उक्त निर्णय गरिएको स्याङ्जा काङ्ग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्