प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्। संसदमा ओलीले ७५ प्रतिशतभन्दा बढी मत पाउने देखिएकाे छ।

एमाले-माओवादी केन्द्रका अलावा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राप्रपाकाे मत प्रधानमन्त्री ओलीले पाउने देखिएकाे छ।
संसद्मा एक सिट रहेका राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् छक्कबहादुर लामाले समेत सरकारलाई समर्थन गर्ने दावी सत्तारुढ दलहरुको छ। एमाले माओवादीको १७४, फोरमको १७, राजपाको १६ र अन्य ५ सांसद गरी सरकारको पक्षमा २०९ सांसद देखिएकाे छ।
नेमकिपाले पक्षमा मतदान गरे प्रधानमन्त्री ओलीले २१० मत प्राप्त गर्नेछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६.३६ प्रतिशत हुनेछ। यस हिसाबले ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन्।
नेपाली राजनितिको इतिहास मा सत्ता प्राप्ति को लागी असुहॉंउदो गठवन्धन गर्नमा पनि पछि नपर्ने राजनितीक नेत्रित्वको कारण पनि कुन वेला के हुन्छ भन्न् सकिदैन तत्काको लागी भने नेपाली कांग्रेसबाहेक सबैजसो राजनीतिक दल सरकारको पक्षमा एकै ठाउँमा उभिएका छन् भने कांग्रेसमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएको छ।
सरकारको पक्षमा उभिएका दल
एमाले १२१
माओवादी केन्द्र ५३
राष्टिय जनता पार्टी  १६
संघीय समाजवादी फोरम १६
राष्टिय जनमोर्चा १
राष्टिय प्रजातन्त्र पार्टी  १
स्वतन्त्र (छक्कबहादुर लामा) १
जम्मा २०९
खुल्न बाँकी
नेपाल मजदुर किसान पार्टी १
नयाँ शक्ति १
विपक्षमा
कांग्रेस ६३ ,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्