काठमाडौं, शनिबार, २५ बैशाख २०७८ । को’रोना सं’क्रमणबाट एक जना पत्रकारको मृ’त्यु भएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको को’रोना सं’क्रमणका कारण ज्यान गएको हो । दाहाल ४० वर्षका थिए ।

वैशाख १ गते को’रोना सं’क्रमण पु’ष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

एक विज्ञप्ति जारी गर्दै महासंघले उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्