गोरखा, शुक्रबार, २४ बैशाख २०७८ । भिमसेन थापा गाउँपालिका वडा न २ का देश तथा बिदेशमा रहनु भएका ब्यक्तिहरुबाट संकलित रकमबाट भिमसेन सरोकार समाजद्वारा को’रो’ना रोकथाम गर्न वडा नं २ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा करिब चार लाख बराबरको औषधि, अक्सिजन तथा अन्य उपकरण हस्तान्तरण गरेको हो । नेपालमा दोस्रो चरणको कोरोना भाइरसको लहर सुरु भए लगतै धेरै जनामा कोरोना संक्रमित भएको हुनाले संक्रमणलाई मध्यनजर गर्दै भिमसेन सरोकार सस्थाले १ जना स्टाफ नर्स ३ महिनाको लागि अफैले नियुक्ति गरेको जनाएको छ र आवश्यकता अनुसार थप गर्दै लगिने सचिव नबराज लामिछानेले जानकारी दिनु भयो।

उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद भट्टराई, वडाका जनप्रतिनिधी, टोल सुधार समितिका संयोजक, भिमसेन सरोकार समजका सचिब नबराज लामिछने, सह-सचिब राजेन्द्र प्रसाद लामिछने, सदस्य सुनिलदत्त लामिछने, सुनिल लामिछने, पाटन स्वस्थ्य बिज्ञान प्रतिष्ठानका डा राकेस परियार, स्वस्थ्य इकाईका कर्मचारी, स्वयम्सेवक , स्थानिय बुद्दिजिबी तगायत अन्य महानुभावको उपस्थिती रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्