काठमाडौँ, शुक्रबार, २४ बैशाख २०७८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय ९६ जनामा सं’क्रमित पु’ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ७७ हजार ६०३ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ७८ हजार ६२९ छन्।

गत २४ घण्टामा २९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९३ हजार ३९५ पुगेको मन्त्रालयले जनाएको छ।

आज को’रोना संक्रमणका कारण ५० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्