गोरखा, २४ बैशाख २०७८ । गोरखाको धार्चे गाउँपालिका शिल गर्ने निर्णय गरेको छ ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको दोसो लहर नेपालमा सुरु भए संगै दिन प्रतिदिन संक्रमितको संख्या बढदै गइरहेको छ ।

धार्चे गाउँपालिका पनि कोरोनाको उच्च जोखिममा रहेको हुनाले अर्को सूचना जारी नभए सम्मका लागि धार्चे गाउँपालिका- ५ माछीखोला सिल गर्ने, वडा कार्यालय, बैंक तथा बित्तीय सस्था बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर अधिकारीले जानकारी दिनुभयो ।

साथै, सोही समयमा औषधि पसल २४ नै घन्टा खुल्ने र खाधान्न पसल बिहान ७ बजेदेखी ९ बजेसम्म र बेलुका ५ बजेदेखी ६ बजेसम्म खोल्ने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर अधिकारीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्