काठमाडौँ, शुक्रबार, २४ बैशाख २०७८ । सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ तोकेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपियाँ वा दैनिक ५१७ रुपियाँ थियो । योअनुसार श्रमिकको पारिश्रमिक एक हजार ५५० रुपियाँ वृद्धि भएको छ । श्रम ऐनअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई वर्षमा पुनरवलोकन गर्नुपर्छ । सोहीअनुरूप एक वर्ष ढिला गरेर सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्