काठमाडौँ, बिहिबार, २३ बैशाख २०७८ । इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा खेलको २८औं मिनेटमा टिमो वेर्नरको गोलमा चेल्सीले अग्रता लिएको थियो । त्यसपछि ८५औँ मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे । खेलमा रियलले बल पोसेसनमा पकड जमाएपनि काउन्टर अट्याकमा चुक्यो ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को जितसहित चेल्सीले फाइनलको स्थान पक्का गरेको हो । रियलको मैदानमा भएको पहिलो लेगमा दुवै टोलीले १-१को बराबरी खेलेका थिए ।

अब चेल्सीले प्रिमियर लिगकै म्यानचेस्टर सिटीसँग टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको फाईनल खेल्नेछ । सिटीले मंगलबार पिएसजीमाथि ४-१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल मे २९ मा हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्