काठमाडौं, २१ बैशाख २०७८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएकाे बताउनुभएको छ ।

कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताउनुभएको छ ।

आज आफ्नो सामाजिक सञ्जाल मार्फत उहाँले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएकाे बताउनुभएको हो ।

साथै, उहाँले स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकप्रति धन्यवाद दिनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्