काठमाडौँ, मंगलबार, २१ बैशाख २०७८ । चीनको वुहान नै कोभिड १९ स’ङ्क्रमणको मुहान मानिन्छ । त्यहाँबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड– १९ पु’ष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते उक्त भा’इरस रहेको पु’ष्टि गरिएको थियो । पु’ष्टि गर्न विश्व स्वास्थ्य सङ्गठनको हङ्कङस्थित प्रयोगशालामा परीक्षण गराउनु परेको थियो ।

त्यसपछि फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पु’ष्टि भएको थियो । उहाँ चैत ४ गते नेपाल आउनुभएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको थियो ।

पहिलोपटक चीनको वुहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि भने नेपालमा फैलिएको हो । स’ङ्क्रमणको जोखिम बढेपछि मुलुकमा २०७६ चैत १० बाट हवाई उडान बन्द र ११ गतेबाट बन्दा’बन्दी जारी गरी नियन्त्रणको प्रयास भएको थियो ।

वि सं २०७७ साउन सात गतेबाट बन्दाबन्दी हटाइएको थियो । त्यसपछि सम्बन्धित जिल्लाबाट निषे’धको आदेश जारी गरी नियन्त्रणको प्रयास गरिएको थियो । सोही प्रक्रियाद्धारा अहिले पनि नियन्त्रण प्रयास जारी छ ।

सन् २००२ मा चीनमा सार्स को’रोना देखिएको थियो । त्यसको पुष्टि २००३ मा डब्लुएचओले ग¥यो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकामा ७७४ को मृत्यु भएको थियो । सन् २०१२ मा साउदी अरबमा मर्स को’रोनाको स’ङ्क्रमण हुँदा मृ’त्युदर ३५ प्रतिशत थियो । सार्सको मृ’त्युदर १० प्रतिशत थियो । सन् २०१५ मा दक्षिण कोरियामा पनि देखिएको थियो । अहिलेको मृत्युदर भने तीन प्रतिशत रहेको यसअघि नै विश्वस्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्