काठमाडौं, २० बैशाख २०७८ । गर्भवती अवस्था एकदमै संवेदनशील हुन्छ ।

यसवेला महिलाको शारीरिक अवस्था कमजोर हुनुको साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने गर्छ ।

त्यसैले, विभिन्न रोगबाट चाँडै नै संक्रमण हुने सम्भावना बढी रहन्छ । यसर्थ गर्भवती महिलाले यस्तोवेला सजग रहनुपर्छ ।

कोरोना सर्नबाट गर्भवती महिलाले आफु र आफ्नो गर्भमा रहेको बच्चालाई कसरी जोगाउने:

आँखा, मुख तथा नाकमा नछुने ।

अन्य मानिसको सम्पर्कबाट टाढै रहने ।

नियमित रुपले हात धुनुपर्छ । हातलाई २० सेकेण्डसम्म राम्ररी धुनुपर्छ ।

खासगरी अनुहारमा हात लगाउनुभन्दा अघि हात अवश्य धुने ।

जुनसुकै खानेकुरा खानुअघि हात धुने ।

गर्भावस्थामा घरमा नै बस्नु अति नै अनिवार्य हुन्छ ।

खासगरी भीडभाड भएको स्थानमा जानबाट जोगिने ।

वरिपरि कसैले पनि हाछ्युा अथवा खोक्यो भने टिश्युको प्रयोग गर्ने ।

तपाईंलाई हाछ्यूँ आयो भने त्यसै गर्नु र त्यसपछि हात धुनुपर्छ ।
कोरोनाबाट संक्रमित व्यक्तिको सम्पर्कमा आउनु हुँदैन ।

बस अथवा अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्नुहुँदैन ।

मानिसहरुसँग दुरी बनाएर नै कुराकानी गर्नुपर्छ ।

पोषणयुक्त डाइट लिनुपर्छ र आफ्नो इम्युन सिस्टमलाई राम्रो बनाइरहनुपर्छ ।

यसबाहेक कुनैपनि प्रकारको रुघा, खोकी तथा ज्वरो आएको जस्तो अनुभव भयो भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।

डब्ल्यूएचओका अनुसार गर्भवती महिलालाई उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा स्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने हुन्छ ।

गर्भवती महिलामा कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्तासम्म ‘सेल्फ आइसोलेसन’मा बस्नसमेत सुझाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्