गोरखा, १९ बैशाख २०७८ । गोरखाको पालुङटार नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

आज एक सुचना जारी गर्दै एक साताका लागि नगरपालिका र वडाबाट हुने सेवा बन्द गर्ने निर्णयसहित जानकारी गराएको हो ।

छिमेकी जिल्ला र नगरपालिका भित्र पनि कोरोना संक्रमित देखिएको, केहीको मृत्यू समेत भएकाले कोरोनाको रोकथाम र नियन्त्रणका लागि कोभिड रोकथाम र न्यूनिकरण बाहेकका सबै सेवा बन्द गर्नु परेको नगरप्रमुख कंडेलले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्