बुटवल, २९ बैशाख २०७८ । लुम्बिनी प्रदेश सांसद बिमला वली नेकपा माओवादीमा प्रवेश गरेकी छन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।

दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

अब एमालेमा ४० सांसदमात्रै रहेका छन् । सरकार बनाउन कम्तिमा ४१ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित २ सांसद एमालेमा प्रवेश गरेका कारण पदबाट हटाइएकाले सदस्य संख्या ८५ मा झरेको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्