जापान, २३ पौष २०७५ । गल्कोट क्षेत्रमा आँखा अस्पतालको भवन निर्माण गर्ने तथा शैक्षिक जागरण अभियान सम्पन्न गर्ने उदेश्यका साथ सुरु भएको गल्कोट समाज जापान को ४ दिने सांगीतिक धमाका डिसेम्बर ३० को सिजुओकाबाट सुरु भएर जनवरी २ को दिन टोकियोमा सम्पन्न भएको छ ।

नेपालबाट आमन्त्रीत ख्यातिप्राप्त कलाकारहरु प्रमोद खरेल, बिष्णु खत्री, जितु नेपाल मुन्द्रे र जुना श्रीष को बेजोड प्रस्तुतिसहित गल्कोट समाज जापानले जापानबासी नेपालीको अपार मायाँका साथ कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपालबाट आउनु भएका गल्कोट क्षेत्रका जनप्रतिनिधिको साथमा यश अग्रेजी नयाँ बर्ष अर्को एक संयोग तथा थप रौनक बन्न पुगेको थियो । सांगीतिक कार्यक्रमलाइ २ चरणमा बिभाजन गरेको समाजले सुरुको औपचारिक कार्यक्रम को सभापतित्व सस्थाका अध्यक्ष दिलु खत्रीले गर्नु भएको थियो भने प्रत्यक ४ शहरमा नेपालबाट पाल्नु भएका जनप्रतिनिधि हरुको प्रमुख आतिथ्यतामा रहेको थियो ।

यस क्रममा डिसेम्बर ३० तारिख को सिजुओकाको कार्यक्रममा गल्कोट नगरपालिका वार्ड न ६ का अध्यक्ष नर ब खत्रीको प्रमुख आतिथित्यता रहेको थियो । यसैगरी डिसेम्वर ३१काे ओसाकामा भएको कार्यक्रममा गल्कोट नगर पालिका वार्ड न ७ का वार्ड अध्यक्ष टिका बहादुर थापा को प्रमुख आथित्यता रहेको थियो । त्यसैगरी नागोया जनवरी १ तारिखको दिन भएको कार्यक्रममा तारा गाउँपालिकाका प्रमुख प्रकाश घर्तिमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी, टोकियो जनवरी २ तारिख समापनका दिन टोकियोमा सम्पन्न कार्यक्रममा गल्काेट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको प्रमुख आथित्यता रहेको थियो ।

सबै क्षेत्रमा औपचारिक कार्यक्रम सस्थाको महा-सचिब कृष्ण के. सीद्वारा संचालन गरिएको थियो । कार्यक्रम सयोजक भवानी पन्तले सस्थाले आयोजना गरेको कार्यक्रमको उदेस्य र यसको लक्षका बारेमा प्रष्ट पार्नु भएको थियो । उपस्थित अतिथिबाट सस्थाको कार्यक्रम सफलता को शुभकामना दिनु भएको थियो ।

नेपालबाट आमन्त्रित कलाकारले भरपुर मनोरन्जन दिएका थिए । भ्वाइस अफ नेपालका जर्ज समेत रहेका प्रमाेख खरेलकाे यसपालि क्रेज बढिनै देख्न प्रष्ट सकिन्थ्याे । लाेक गायक बिष्णु खत्रीले यो पटक पनि जुरुक्कै दर्शक नचाएका थिए । जुना श्रीषको पन्चे बाजामा दर्शक बेजोड नाचेका थिए भने जितु नेपालले दर्शक लाइ बेजोड हसाएका थिए ।

कार्यक्रममा शुभकामना दिनु हुँदै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्माले गल्कोट समाज जापानले गर्ने आगामी कार्यक्रममा गल्कोट नगर हातेमालो गर्न तयार भएको बताउनु भयो । त्यसैगरी तारा गाउपालिका प्रमुख प्रकाश घर्तिले सामाजिक कार्यसंगै लगानिमुलक कार्यक्रमहरु पनि ल्याउन विदेशमा रहेका गल्कोटे लाइ आग्रह गर्दै, तपाइँहरुको कार्यक्रममा स्थानीय सरकार कुनै पनि कोणबाट सहयोग गर्न तत्पर रहेको बताउनु भयो । समृद्धि को चरण भनेको बिकाश भएकोले साना ठुला उधोग मार्फत लगानी गल्कोट भित्राउन अनुरोध गर्नु भएको थियो ।

जापानको सिजुओकामा गल्कोट समाज जापानले पहिलो पटक कार्यक्रम सम्पन्न गरेको थियो । डिसेम्बर ३० तारिख का दिन सम्पन्न कार्यक्रममा सिजुओकाबसि नेपाली दाजुभाइ दिदि बहिनीहरुको ब्यापक उपस्थित रहेको थियो । कार्यक्रममा जनप्रतिनीधी कलाकार तथा डायमन्ड प्रायाेजकलाई सम्मानित गरिएको थियाे ।

गल्कोट समाज जापानले बिगतका बर्षहरु जस्तै यो बर्ष पनि सांगीतिक कार्यक्रमको घोषणा गरेको थियो । गल्कोट समाज जापानले प्रत्यक बर्ष सांगीतिक कार्यक्रम मार्फत नेपालमा बिभिन्न स्थानमा सामाजिक कार्य गर्दै आइ रहेको छ । तुरुन्तै समिक्षा बैठक बसी कार्यक्रमको सम्पूर्ण आम्दानी खर्च बिबरण सार्बजनिक गर्ने लगायत घाेषित महान दुई उद्देश्यको प्रकृयालाई तुरुन्तै अगाडी बढाउँने कार्यक्रम सयोजक भवानी पन्तले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्