काठमाडौं, १७ पौष २०७५ । दोलखाकी दाबुटी शेर्पा मिस शेर्पाको विजेता बन्नुभएको छ । यसपटकको मिस शेर्पाको विजेतासँगै शेर्पाले ताज पहिरिन सफल हुनुभएको हो । दिपास इन्टरनेसनलको आयोजनामा काठमाडौंको रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा भएको मिस शेर्पाको पाँचौ संस्करणको फिनालेमा ८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि दावुटीले जित्नु भएको हो ।

दाबुटीले मिस बेस्ट ट्यालेन्टको अवार्डसमेत हात पार्नुभयो । टाइटल विजेता मिस शेर्पा २०१७ की विजेना सोनाम डोल्मा शेर्पाले ताज पहिरिदिनुभयो । उपाधिसँगै दाबुटीले नगद ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

क्याफे मितिनीकी चिफ सुपरभाइचरसमेत रहेकी उनी सगरमाथा आरोहीसमेत हुनुहुन्छ । उहाँले नेपाली कफीको प्रचार गर्दै गत सिजनमा सगरमाथा आरोहण गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्