गोरखा, १४ पौष २०७५ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले ७७ जिल्लामा आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत बिभिन्न कार्यक्रम गर्ने भएको छ ।

वि सं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई नेपाली काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

त्यसैगरी, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गोरखाको आयोजनामा ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा नेपाली काङ्ग्रेस गोरखा नगरपालिका-६ तिनधारे, गोरखामा पौष १६ गते सोमबार बिहान ११ बजे “बर्तमान अवस्था नेपाली काङ्ग्रेसको भुमिका बिषयक एकदिने बिचार गोष्ठी आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव नन्दप्रसाद न्यौपाने जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्