जापान, १३ पौष २०७५ । जापानमा नेपाली कामदारहरु लाने खबर बाहिरिरहँदा जापानी विदेश मन्त्री तारो कोनो नेपाल आउँने भएका छन् ।

उनी नेपालको २ दिने भ्रमणका लागि आउँने भएका हुन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनोले पुस २५र २६ गते नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् भने परराष्ट्र मन्त्री ज्ञवालीसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नेछन् ।

भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । यसअघि मन्त्री ज्ञवालीले मंसिर १-५ सम्म जापान भ्रमण गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्