ओम पाण्डे, साउदी । १० पौष २०७५ ।

हो,म नेपाली चाडपर्व, कलासंस्कृती अनि परम्पराहरुलाइ स-सम्मान मान्दै/मनाउँदै अङ्ग्रेजी नयाँबर्ष पनि धुमधामका साथ मनाउँछु किनकी अङ्ग्रेजी दिन,महिना अनि बर्ष हरु सँग मेरो जन्मदेखिनै सामिप्यता रहेको छ ।

अझ बिगत दुई बर्षदेखि त बिल्कुल अङ्ग्रेजी दिन महिना अनि बर्षहरु संग मेरो उठबस् चलिरहेको छ ।मेरा हरेक दिनहरु अङ्ग्रेजी पात्रोकै बित्छन् अनि रात अङ्ग्रेजि पात्रोकै अनि महिना बर्ष पनि..।हरेक अङ्ग्रेजी महिनाहरुको दस तारिख(गते) आउँदा मेरो बैंङ्क खाताको नोटिफिकेसन बज्छ अनि त्यही नोटिफिकेसनको आडमा(भरमा) मेरो घरमा खुसिको चुलो बल्छ,आमाको फाटेको चोली र बाबाको मैलिएको टोपी दौरा फेरिन्छ,भाइ बहिनीको सुन्दर भबिष्यको जगलाइ इँटा थपिन्छ अनि त्यही नोटिफिकेसन को आडमा देशका साना देखि ठुला कर्मचारी नेताकार्यकर्ता लगाएत सिङ्गो देश पालिन्छ।आज म जस्ता लाखौँ युवाहरु जो बिदेशमा आफ्नो रगतसरि पसिनाको लिलाम गरिरहेका छन् ।ती सम्पुर्ण बिदेशिएका नेपालिहरुलाइ यि अबसरहरु नेपाली महिना बैशाख ,जेठ ,असार आदि ले कहिल्यै दिन सकेनन्। आफ्नो सानोभन्दा सानो आबश्यक्तासँग हातेमालो गर्दै आफुलाइ प्रगतिपथमा लम्काइरहेको एक कुशल सहयात्री अङ्ग्रेजी नयाँबर्ष सुरु हुँदा म र म जस्ता युवाहरु खुसी हुँदै शुभकामना आदानप्रदान गर्नु कसरि गलत ?

हरेक बर्ष अङ्ग्रेजि महिनाकै Dec 25 मा जिसस जन्मजयन्तिको रुपमा क्रीसमस मनाउनु सहि भो,Feb 14 मा पादरी भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन डे तामझामका साथ मनाउनु जस्ता अनेकौँ अङ्ग्रेजी पात्रो सँग सम्बन्धित दिवस,चाडपर्व हरु मनाउनु चाहिँ सहि भो अनि जनवरी 1 लाई नयाँबर्ष को रुपमा मनाउनु कसरि गलत?

आफ्नो मोबाइल अनि ल्यापटप्मा नेपाली लोकभाका तथा नेपाली फिल्महरु हटाएर विभिन्न अङ्ग्रेजी गित तथा फिल्महरु भर्नु सहि भो,आमाको मुख हेर्ने(मातातिर्थ औँसि) दिनलाइ बिर्सेर बर्षैभर भ्यालेन्टाइन कहिले आउला भनेर कुर्नु र एक सातासम्म भ्यालेन्टाइनको सम्झनामा तामझाम गर्नु सहि भो,चौबन्दीचोली,फरिया दौरा सुरुवाल ढाका टोपी जस्ता नेपालि पहिरनहरु भुलेर बिदेशी फेशनेबल आधा शरीर पनि नढाक्ने कपडाहरुको लोकप्रियता बढाउनु सहि भो,नेपाली लोकसाँस्कृतिक पहिचान बोकेका दोहोरिसाँझ रोधीघर आदिलाइ नकार्दै बिदेशी डान्सबार/क्लबहरुमा धाउनु सहि भो अनि अङ्ग्रेजी नयाँबर्ष मनाउनु चाहिँ कसरि गलत?

नेपालमा भुकम्प,बाढीपहिरो तथा डुबान जस्ता प्राकृतिक बिपत्ती आउँदा अङ्ग्रेजी पात्रो सँगै हुर्केका बिदेशी ब्यक्ती एबम सँघसंस्थाहरुले अतुलनिय साथसहयोग दिएका थिए,दिएका छन् अनि दिइरहेका हुनेछन् । साथै बिदेशी लगानि(सहयोग) मा सञ्चालित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रीय संस्थाहरुले नेपालका गरिब,निमुखा,असहाय,उत्पिडित्हरुका हितमा काम गर्दै हजारौँ युवायुवतिहरुको रोजिरोटिको माध्यम पनि बनेका छन् । यसरी आर्थिक,शैक्षिक,सामाजिक बिकासमा टेवा पुर्याइरहेकाहरुको एक संस्कृती नयाँबर्ष(Jan 1) हामी नेपालिहरुले पनि मनाउनु कसरि गलत?

कि सिङ्गो नेपाल र सारा नेपाली हामी हरेक पक्षमा आत्मनिर्भर छौँ,हामिलाइ अरु कुनै देशको संस्कृती, भाषा, भेषभुषा अनि त्यसदेशको रहनसहनसँग सहकार्य गर्नु छैन भन्न सक्नु पर्यो हैन भने आफ्ना कला,संस्कृती, परम्परा एवम् पहिचानहरुलाई सम्मान अनि जगेर्ना गर्दै अन्य बिदेशी संस्कृति यदि आफूसंग सम्बन्धित छन् र अनुसरण गर्न लायक छन् भने ससम्मान समाज सुहाउँदो तरिकाले अनुसरण गर्न सक्नु पर्यो।याद राखौँ सँस्कृती र पहिचानमा एकआपसको सहकार्य गर्नु भनेको मानबिय सद्भाव तथा भाइचाराको बिकास गर्नु पनि हो।

#नोट:-यो लेख मैले बिशेषत:अङ्ग्रेजी नयाँबर्ष 2019 लाई स्वागतको तयारी भइरहँदा विभिन्न सामाजिक सञ्जालहरुमा देखिएका अङ्ग्रेजी नयाँबर्ष मनाउने हरु बिदेशी दलाल हुन्बि।देशी धर्मसंस्कृतिका मतियार हुन्अ । अङ्ग्रेजी नयाँबर्ष मनाउनु नितान्त गलत छ भन्दै तर्कबितर्कहरुको लागि लेखेको हुँ ।सबैमा लागू नहुन पनि सक्छ । ओम पाण्डे

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्