गोरखा, पुस ९ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।

पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ गएको गाइडले खाएर फालेको चुरोटको ठुटोबाट आगलागी शुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर लामाले बताए । ‘अहिले पनि आगो नियन्त्रणको प्रयास गरिरहेका छौँ तर कतिबेलासम्म नियन्त्रण हुने हो भन्न सकिएको छैन,’ उनले भने, ‘अहिलेसम्म कति क्षेत्रफल जङ्गलमा आगलागी भयो भन्नेबारे पनि यकिन पनि गर्न सकिएको छैन ।’

आगलागी नियन्त्रणका लागि सामागाउँ प्रहरीचौकी, लार्केस्थित प्रहरीचौकीबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्