गोरखा, केराबारी, ७ पौष २०७५ । भूइँचालोले क्षत विक्षत बनाएको गोरखामाअझै पनि यस्ता वस्ती छन जहाँका स्थानीय अझै टहरामा नै चिसो रात काट्न बाध्य छनभन्दा कतिलाई पत्यार नलाग्न सक्छ, तर भूइँचालो गएको चार वर्ष हुनलाग्दा पनि बास बस्न टिनको छाप्रो र भत्किएका पुरानासंरचना नै प्रयोग गर्नुपर्ने बाध्यता छ गोरखा केराबारी-३ (हाल सिरान्चोक -१) का बासिन्दालाई ।सिरान्चोक गाउँपालिका वडा नम्बर १ माकरिव ६ सय घर धुरी छन ।

गोरखा सिरान्चोक गापा वडा नं‍ १ केराबारी गाउँ
२०७२ साल बैशाखमा गएको भूकम्पले उनीहरु सबैको घर पूर्णरुपमा भत्काएको थियो । कतिपयको त जग बाहेक केही पनि थिएन । कतिपयको छाना मात्रउडेको थियो भने ढुंगामाटोले बनेका अधिकांश गारो चर्किएका र भत्किएका थिए ।केराबारीबासीले भूकम्प जानासाथ अरु गाउँलेले जसरी नै राहतको लागि निवेदन दिए ।

क्षतिको विवरण लिन गाउँ गाउँमा आएका सरकारी कर्मचारी हुन या गैर सरकारी कर्मचारी,उनीहरुले विभिन्न फारमहरु भरे ।केराबारीवासीलाई राहतको ठूलो आश्वासन पनि बाँडियो । तर भूकम्प पिडितको पहिलोप्रकाशित सूचीमा नै उनीहरु अधिकांशको नाम निस्केन । पिडित भएर पनि पिडितको सूचिमानपरेपछि उनीहरुले स्थानीय निकाय र जिल्लास्थित प्राधिकरणको कार्यालयमा उजुरी हाले।त्यसो त उनीहरुले सरकारले अघि सारेको गुनासो फारम भर्ने प्रकृया समेत पुरा गरे ।तर पनि उनीहरुको गुनासोको कुनै सुनुवाइ भएन, न त उनीहरुको नाम पिडितको सूचिमा नैचढ्यो । करीव आधा जसो घरधुरिले मात्र भूकम्प पिडितले पाउने राहत पाए । त्यो पनिढिला गरि ।

करिव ६ सय घर धुरि मध्ये ३ सय भन्दा बढी घर परिवारले राहत पाएका छैननकेराबारीमा । स्थानीय तहको निर्वाचन पछि गाउँमा जनप्रतिनिधि चुन्ने आधार पनिउनीहरुमा एउटै थियो कि पिडितको घाउमा मलम कसले लगाउला भन्ने । तर अझै उनीहरुकोसमस्यालाई समाधान गर्ने गरी कुनै निर्णय भएको छैन । धाँजा फाटेको घरको गारोलाईमाटोले टालेर ओत लागेका छन यतिखेर केरावारीबासीहरु ।

चिसो अत्यधिक छ तर टिनको पातामा बेरिएर सुत्नुउनीहरुको लागि विवशता वनेको छ । गाउँमा कोही नयाँ मान्छे देखे भने उनीहरुलाई राहतदिने कुनै सरकारी अधिकारी आयो कि भन्ने आश जाग्ने गरेको भनाइ स्थानीयको छ । जिल्ला सदरमुकामबाट कहिले पिडितको सूचिमा आफ्नोनाम पर्ला भनेर प्रतिक्षारत् छन उनीहरु । बर्षामा पानी चुहिएर घरभित्र आहालबारिएको दुखेसो गर्छन केराबारीका महिलाहरु । जीर्ण बनेको घर कतिखेर भत्किएरआँफैलाई पुर्छ थाह छैन । कटेरामा गाईबस्तुसँगै दिन विताउनुबाहेक उनीहरुसँग अर्कोकुनै विकल्प छैन यतिखेर । भूकम्प अघि पहाडी भिरालो बस्ती रहेको केराबारी निकैरमाइलो थियो । तर यतिखेर यो खण्डहर छ । उजाड छ । र पुनर्निमाणको प्रतिक्षामा छ। जिल्ला सदरमुकाम गोरखाबजारबाट अहिलेकेराबारीसम्म हिउँदमा कच्ची सडकले जोडेको छ । तर पनि त्यहाँको पिडा बुझ्न न कुनैसरकारी अधिकारी गएका छन न उनीहरुलाई केन्द्रीय नीति र राहतले समेट्न सकेको छ ।उनीहरुको सामुहिक दुखेसो छ कि – राज्यले अन्याय गरे को सँग न्याय माग्ने ?अब त केराबारीबासीलाई राहत आउला र घरबनाउँला भन्ने आशा पनि मरिसकेको छ । आफ्नै बल बुँताले घर बनाउन सक्ने अबस्था पनिछैन कतिपय स्थानीयको त ।भूइचालोको केन्द्रविन्दु गोरखाको वारपाक नजिकै भएर होलाअजिरकोट र सिरान्चोक गाउँपालिकाका सबै घर पुर्ण रुपमा भत्किएका थिए । पिडितहरुलाईराहत दिन पनि राज्यले पक्षपात गरेको नमिठो अनुभूति सँगालेर बसेका छन केराबारीबासी।

भूकम्प अघि पहाडी भिरालो बस्ती रहेको केराबारी निकैरमाइलो थियो । तर यतिखेर यो खण्डहर छ । उजाड छ । र पुनर्निमाणको प्रतिक्षामा छ।

जिल्ला सदरमुकाम गोरखाबजारबाट अहिलेकेराबारीसम्म हिउँदमा कच्ची सडकले जोडेको छ । तर पनि त्यहाँको पिडा बुझ्न न कुनैसरकारी अधिकारी गएका छन न उनीहरुलाई केन्द्रीय नीति र राहतले समेट्न सकेको छ ।उनीहरुको सामुहिक दुखेसो छ कि – राज्यले अन्याय गरे को सँग न्याय माग्ने ?अब त केराबारीबासीलाई राहत आउला र घरबनाउँला भन्ने आशा पनि मरिसकेको छ ।

भूकम्पले चिरिएको घर जहाँ मानिसहरु बसिरहेका छन ।
आफ्नै बल बुँताले घर बनाउन सक्ने अबस्था पनिछैन कतिपय स्थानीयको त ।भूइचालोको केन्द्रविन्दु गोरखाको वारपाक नजिकै भएर होलाअजिरकोट र सिरान्चोक गाउँपालिकाका सबै घर पुर्ण रुपमा भत्किएका थिए । पिडितहरुलाईराहत दिन पनि राज्यले पक्षपात गरेको नमिठो अनुभूति सँगालेर बसेका छन ।

स्थलगत रिपोर्टको आधारमा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्