काठमाडौं, पुस ६

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा नै रहेको ठोकुवा गर्दै सामाजिक सञ्जालमार्फत सन्देश दिनुभएको छ ।

पछिल्लो समय सक्रिय हुन खोजेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज पोखरामा भेट गरेपछि थापाले राजा ज्ञानेन्द्रसँग पछिल्लो अवस्थाबारे कुराकान भएको जनाउँदै सामाजिक सञ्जालमा भेटबारेजानकारी दिनुभएको हो ।

‘पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरा आएको बेला पोखरामा नै नीजि भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेट गर्ने अवसर प्राप्त भयो । मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ,’ पूर्वराजा ज्ञानेन्द्रलाई राजा नै रहेको घोषणा गर्दै थापाले लेख्नुभएको छ ।

थापा पोखराको एक होटलमा बसिरहुन भएका पूर्वराजा शाहलाई भेट्न जानुभएको थियो । निजी भ्रमणका क्रममा पूर्वराजा शाह गत सोमबारदेखि पोखरामा हुनुहुन्छ । पोखरामा रहदा शाहले पर्यटकीय स्थलको अवलोकन र विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरा आएको बेला पोखरामा नै नीजि भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेट गर्ने अवसर प्राप्त भयो । मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ

मुलुकमा केही चलखेल भइरहेको बेला थापाले शाहलाई राजाको रुपमा सम्बोधन गर्नुभएको हो । यसअघि उहाँले पूर्वराजाका रुपमा सम्बोधन गर्दै आउनु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्