बिश्वबन्धु भण्डारी

टोकियो, १६ मङ्सिर २०७५ । जापानको जागीरे ज़िन्दगी दिनभरको कामको थकानवाट लखतरान भएर रुम फर्कनु अनि केहिवेर फेसवुक चलाउनु यो मेरो दैनिकी जस्तै हो ,आज अचानक कसैको frend request आएको रहेछ सितीमिती friend request तिर आखाँ नजाने मेरा आखाँ आज भने त्यतैतिर अडियो, नोटिफिकेशन क्लिक गरेर हेरे,मन्द मुस्कान सहितको तस्विर नाम कविता खरेल (परिवर्तित नाम)। कतै चिनेजस्तै तस्बिर खोल्दै गए उसका प्रोफाइल, स्टाटस अनि पोष्ट्याएका तस्विर सवै खोलेर हेरेँ केहीबेर आर्कषण गरिरह्यो केही खुशी अनि पुराना दिनको याद पनि आयो, यादहरु तछाडमछाड गर्दै आइरहे मष्तिस्कमा ।

धरै दिनमा फेरी एउटा खुशी मिलेको थियो कहाँ होली कबिता ? के गर्दै होली ? मेरो याद गर्छे कि नै होला ? मनभरी यस्तै प्रश्न दौडीरहे , फोटाहरु हेर्दै थिए केहि तस्बिरले मेरो होस हवास उडाइदियो छिनभरमै ति खुशी अनि मुस्कान हराए, एकधर्को सिन्दुर र राता चुरामा सजिएकी कबिता अनि सगै केटासगँ अगालो मारिएको तस्बिर, देख्दा तस्बिर आर्कषक भएपनि मलाई आर्कषक लागेन , बिचलीत भएँ अचानक दिमागमा काउसो छिर्यो पिलपिल आशुँ झार्दै रुनेनै बनायो मैले भर्दिन्छु भनेका उसका सिउदोको सिन्दुरले मलाई हेर्दै गिज्याइरह्यो हैरान बनायो यादले , निराशा र औडाहाको बादलले मन स्थिर रहेन फेसबुक लग इन गरे, फेरी सोचै कतै अनलाइनमा छे की उसलाई अनलाइनमा भेट्ने आशाले मन दौडीरह्यो, अनलाईनमा देखिन अफलाईन म्यासेज गरेँ, “i am looking forward to meeting u very soon now where r u plz repply me”अर्को दिन बिहान ५ बजे काममा जानु थियो ।

रातको साढे नौ भईसकेको थियो निदाउन ओछ्यानमा पल्टिँएँ, आखामै उनकै मुहार अनि पुराना यादहरु सलबलाईरहे, छटपटी भो घरी दायाँ घरी बायाँ पल्टीरहेँ अहँ निद लागेन निदको अर्धचेतन अबस्थामा दिमाग स्मृतिकै खोजीमा भड्कीरह्यो, मन सम्हाल्न खोजेँ ति सजिब स्मृतिहरु कापीका पानामा उर्तान मन लाग्यो नजिकै दराजबाट कापी र कलम तानेर रातको समय चुपचाप लेखीरहेँ मनमा केहि सन्तोषका लहरहरु प्रभावित भए हलुगो भो मष्तिश्क, निर्मलताको अनुभव हुन थाल्यो निरन्तर लेखेँ त्यो रात, आप्नै कथा लेखेँ अरु कसैका लागी अर्थ नभएको त्यो लेखनले मलाई भने मन शान्त पारिरहेको थियो, मन जलेर तातो भएका बेला शितल छहारी दिइरहेको थियो, घरिघरि सोच्थे लेख्न नजानेको भए कति बोझीलो हुन्थ्यो होला मेरो मन अनि कति तड्पिन्थे होला म यादमा । गाउँमा हाम्रो घर नजिकै थियो सगै खेल्दै सगै हुर्केका हामी उसको घरमा जे पाक्छ म खान्थे मेरो घरमा जे पाक्छ उ खान्थी, उसको घरमा दुध नहुदा हाम्रो घरबाट लान्थी हाम्रो घरमा नहुदाँ म उस्कोबाट ल्याउथेँ ,उसको बाबा आमाले मलाई छोरा भनेर बोलाउनुहुन्थ्यो उस्लाई मेरो बाबा आमाले छोरी भनेर बोलाउनुहुन्थ्यो, अरु सबै बराबर भएपनि हाम्रो जात मिल्दैनथ्यो हामी अलि उचो बर्गका ब्राह्मण , आफन्तले ल्याइदिएका कोशेली मलाई नदिई उ एक्लै कहिल्यै खाईन, कोसेलीे हातमा परेपछि खुरुरुरु दौडेर मेरै घरमा आउथी म पनि उस्तै मलाई कसैले मिठाई बिस्कुट ल्याइदिनुभयोभने उस्लाई नदिइ कहिल्यै खाईन, कति माया थियो हाम्रो सम्बन्धमा, नत कुनै जवानीको आर्कषण नत कुनै बास्नाको आर्कषण,अली फरक थीयो माया अचेलका तन्नेरी तरुनीको भन्दा, रिउडाडा महारा जादा हामी भाडाकुटी खेल्थेउँ, एकअर्कामा बिहे गरेर पनि खेल्थेउँ उनि बेहुली म बेहुलो, उनि आमाको आखाँ छलिछलि घरबाट रातो सारी ल्याउथिन म बाबाको दौरा सुरुवाल ल्याउथेँ, चिलाउनीका स्याउला र दाउराको सहाराले हामी सानो कटेरो बनाउथेउ म उन्लाई त्यहि घरमा भित्राउथेँ कृष्ष सन्तोष रामचन्द्र मेरा जन्ती अनि गंगा र माया घरबेटी तर्फका ।

हामी कल्पनामा रमाउथेउँ म अली चञ्चले उपद्रो अनि उटपट्याङ स्वाभावको, सायद बाल्यकालको बिशेषतानै हो चञ्चल उपद्रो अनि उटपट्याङ । उनि अली शान्त मायालु स्वाभावकी, हाम्रो स्वाभाव मिल्दैनथ्यो तर मन बहुत मिल्थ्यो, कहिलेकाही हामी रौदीगैरामा पनि महारा जान्थेउ गाउँका दाई दिदी अंकलहरुसगँ, सबैभन्दा कान्छा हामी दुई जना कविता र म । दाईहरुले जिस्काउनुहुन्थ्यो तिमीहरुको जोडी खुब मिल्छ बिहे गर्ने ? म दाईलाई पिट्थे रुन्थे रिसाउथेँ कबिता पनि उस्तै गर्थी ।

हाम्रो घरमाथीका एकजना अंकल र घर नजीकै की एकजना दिदि पनि सगै महारा जान्थे उहाँहरु धेरैजसो गाईगोरु हाम्रो जीम्मा लगाएर कालीगण्डकी तिरको जगंलतिर पस्नुहुन्थ्यो, गाईगोरु हेरिदिए बापत हामी पाचँ दश रुपैयाँ पाउथेउँ धेरैदिन यस्तै भईरह्यो गाईगोरु लिएर रौदीगैरा जाने हामीलाई जिम्मा लगाएर उहि जगंलतिर, केहि उत्सुकता थियो हामीमा किन सधै यसरी दुई जना मात्रै जगंलतिर जान्छन् एकदिन हामी कबिता र म पनि गयौ एउटा रमाईलो दृष्य देखीयो चिलाउनेको फेदमुनी बसेर तन्नेरी तरुनीको भुमीकामा मस्त अनि अगालोमा बेरिएका, अर्को दिन मैले अंकललाई सोधेँ अंकल हिजो किन दिदीसगँ अगालोमा बेरिएको ? अंकल झस्के कहाँ देखिस र कान्छा ? प्रश्न सोधीहाले हतारहतारमा , चिलाउनेको बोटमुनी मैले हास्दै जवाफ दिएँ उनि एकछिन अक्कनबक्क भए अनि भने माया गरेकोनी लाटा, खोल्टीबाट बिसको नोट निकाले अनि मेरो हातमा थमाउदै भने गोप्य नी गोप्य अरु कसैलाई नभन, मुसुक्क हास्दै हस भने ,माया गर्दापनि यति डराउनुपर्ने ? कस्तो माया हो यिनीहरुको त्यस दिनदेखी केहि कौतुहल्ता हुदै गयो मेरो मनमा, बिस्तारै हामीपनि जवानी हुदै गयौ, पहिलेजस्तो गरी परिवारलेपनि सगै हिड्न दिन छोड्नुभयो किसानका छोराछोरी हामी घरको कामले गर्दा सधै भेट्न पनि समय मिल्दैनथ्यो सधै भेटेको बानी कता कता निराश लाग्थ्यो बिहान उठेर घासको जोहो गर्नुपर्ने त्यहि निहुपारेर कबिता र म माथी बारीमा भेटिन्थेउ कहिले खेतमा पानी लाउने निहुँ पारेर बगल्टारीको खेतमा त कहिले झम्माखोलाको खेतमा, म भन्दा कबिता अलि जवान भईसकेकी थिई जवानीका टुनामुना पलाईसकेका थिए ।

अलि लज्जालु भएकी थिई म पनि उसगँ बोल्न अलि लजाउन थालेको थिएँ, खुलेर गफ गर्न सकिदैनथ्यो, हाम्रो बिचमा बारम्बार एकान्तमा कुराकानी हुनथाल्यो यस्तो बेलामा हामी २ बिचमा भावनाको सामन्जस्य आउथ्यो उनिप्रति कहिल्यै खराब भावना ममा आएन र यदि कहिल्यै उनले कमजोर भएर आफुलाई सर्मपण गरेको भए पनि मलाई त्यति खुशी लाग्ने थिएन जति की मलाई आप्नो कामना हित र त्यागपुर्ण प्रेममा लाग्दथ्यो ।

एकदिन झम्माखोलाबाट रोपाई सकेर फर्कदै गर्दा डाडाको चौतारीमा बसेर उसले मेरो हात समाउदै भनेकी थिई “तिमी साच्चै राम्रा छौ बन्धु ठुलो निधार गोलो अनुहार लाम्चा आखाँ मिठो मुस्कान । म तिम्रो मायामा परेकी छु,” दातँले ओठ टोक्दै सुनिरहेँ उसको बोली । भन्न त मलाईपनि मन लागेको थियो तिमी पनि त कम छैनौनी कविता ? तिमीसगँ म प्रभावित छु रातभर तिम्रै कुरा खेलीरहन्छ साच्ची म पनि तिमीलाई माया गर्छु तर शब्दले नभएपनि भावले यहि सम्प्रेषण गरिरहेको थियो, त्यसपछि उनको व्यावहारले म नजिकीन थाले गोठालाको निहुँ पारेर धेरै एकान्तहरुमा जान्थेउँ हामी, आखाँहरुमा चुम्न आउने प्रकृतिका ति बिवीध सृजना एवम सुरम्य दृष्य एबमं उनको सामीप्यताले मलाई बिचीत्रको आनन्द दिईरहन्थो, दुबैतर्फका पाखा पखेरा वा रगीबिरगीं दुष्यहरुले मनै हरण गरि लान्थ्यो,कति रमाईलो थियो त्यो पल त्यो भन्दापनि प्रिय थियो मलाई उनको बोली सामिप्यता र बेसीमा बगीरहेको झम्माखोलाको सुसावट, डाडामा घाम डुबेपछि उकालो चढिन्थ्यो त्यसपछि त उनिप्रतिको मायाको मिठो अनुभुती आभास हुन थाल्यो, हरेकपल उनकै यादमा हराउन थाले सायद त्यो मेरो स्वाच्छ हुदयको सच्चा उद्गार थियो होला, जोश थियो जवानी थियो र हिम्मत पनि,त्यसैले त मध्यरातसम्म काम गर्दापनि एैया थिएन आत्था थिएन ओहो ! सम्झदापनि कति मिठो व्यास्तता, डाडाको चौतारीमा बसेर जुन हेर्दै गफ गरेको सम्झना कहिले मेटीएला र ? मुत्तीनाथबाट कालीसगँ बग्दै आएको मन्द हावाको चुम्वनयुत्त घर्षण अनि उनको मायाले मेरो गालामा पोखीएको तातो हावा । सम्झदापनि मन झंकृत हुन्छ, उनले भनेकी थिईन कालीगण्डकी र झम्माखोलाले जुराएको हाम्रो प्रेम ……..
बाँकी अर्को भागमा
नोट : यो काल्पनिक कथा हो कसैको जीवनसगँ मेल खाएमा संयोग मात्रै हुनेछ

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्