काठमाण्डौ, मंसिर १६ । चीनको सान्यामा जारी मिस वल्र्ड प्रतियोगिता २०१८ को ‘हेड टु हेड च्यालेन्ज’ राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने पराजित भएकी छिन् ।पहिलो राउण्डबाट २० समूहका समूह विजेता छानिँदा दोस्रो राउण्डका लागी छानिएका १० जनामा नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडा पर्न नसकेकी हुन् ।

दोस्रो चरणमा श्रृंखला मिस वर्ल्ड सिंगापुर भेनिसा पेहसँग पारजित भएकी हुन् ।

हेड टु हेड च्यालेञ्जको उत्कृष्ट १० मा नपरे पनि बाँकी रहेका ३ प्रतिस्पर्धा मल्टिमिडिया, ब्यूटी विद पर्पस वा ट्यालेण्ट मध्ये कुनै एक उपाधि जिते पनि सेमी फाइनल अर्थात टप ३० मा पर्ने सम्भावना कायमै छ । यि दुबैमा नपरेमा श्रृंखलाको मिस वर्ल्ड २०१८ को यात्रा समाप्त हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्