काठमाडौं, १४ मङ्सिर २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको दाबी गरेका छन् ।

सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाएका उपसभापति निधीले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको पनि स्पष्ट पारेका हुन् ।

आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गरेका निधीले भने, ‘संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा कांग्रेस अझै सशक्त ढंगले अघि बढने तयारीमा छ ।’

उपसभापति निधिले पार्टी भित्र गुट/उपगुट नरहेकोे दाबी समेत गरे । पार्टीको विधान मस्यौदामाथि फरक मत रहेपनि त्यसलाई गुट/उपगुटको रुपमा बुझ्न नहुने पनि उनले स्पष्ट पारे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्