फूजेल, २०७५ साल मङ्सिर १२ गते बुधबार । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ फूजेलमा दक्षिण एसियाको नै ठुलो क्षेत्रफलमा समीको रुख रहेको अनुमान गरिएको छ । धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्य ठाउमा नभएको स्थानिय बासिनदाले दाबी गरेका छन् । गण्डकी गाउँपालिका, स्थानिय बासिन्दा समीको रुखको संरक्षण र प्रबद्धनमा लागि परेका छ ।

दक्षिण एसियाको नै पहिलो धरै क्षेत्रफलमा फैलिएको र हामी सबै मिलेर रुखको संरक्षण, प्रबद्धन र प्रचार-प्रासरमा जोड दिने गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले जानकारी दिनुभयो ।

फुजेल पुगेपछि समीको रुख देख्ने बित्तिकै आश्चर्यमा पर्ने र रुख हेर्नकै लागि मानिसहरु आउने गरेका स्थानिय पर्यटन व्यावसायी गोविन्द पन्तले बताउनु भयो ।

हेर्दा अनौठो लाग्ने समीको रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानिय पर्यटन व्यवसायीहरुले पहल समेत सुरु गरेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण आरोहण संघ (एनएमए) को आर्थिक सहयोग र स्थानियहरुको जन-श्रमदानमा रुखको वरिपरि काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरिएको छ ।

दक्षिण एसियाकै ठूलो रुख समीको रुख हो भनेर आधिकारिक रुपमा प्रमाणित गर्न जिल्ला वन कार्यलय गोरखा मार्फत पहल थालिएको उहाले बताउनु भयो ।

हांगामा भएका अनौठा आकृति
करिब ३०० वर्ष पुरानो अनुमान गरिएको यो रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ । रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । सो मन्दिरका पुजारी ललहरी पन्त रुखमा अलौकिक शक्ति रहेको बताउछन् ।

उहाका अनुसार रुखमा जो सुकै मानिस चढे पनि लड्ने भएकाले, कोही पनि नचढ्ने गरेको बताउछन् । रुखमा सर्प जस्ता लगायत अन्य अनौठा आकृति देखिने भएकाले पनि यस प्रति सबैको चासो बढ्न थालेको छ ।
सडक संजालसंग जोडिएको उक्त ठाऊँ काठमाण्डौबाट भौगोलिक रुपमा करिब १०० किलोमिटरको दुरीमा रहेको छ । पर्यटकीय दृष्ट्रिकोणबाट पनि अति नै सुन्दर ठाऊँ भएकाले र समिको रुख पनि एक पटक हेर्नै पर्ने खालको रहेकाले त्यहाँका बासिन्दाहरु सबैलाई घुम्न आउन निमन्त्रणा समेत गर्दछन् ।

प्रकृतिक सम्पदाहरुको प्रचार प्रसारमा स्थानिय निकायले बिषेश पहल गरेमा रोजगारी सिर्जना गर्न, जनताको जीवनस्तर उकास्न र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान र समग्र गण्डकी गाउँपालिकाको बिकाशमा टेवा पुग्नेछ ।

साविकको गा वि स फुजेल वडा न ४ – ८ हाल वडा न ३ रहेको र उक्त वडा को जम्मा क्षेत्रफल ७.०९ वर्ग कि मि रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्