काठमाडौँ, ७ मङ्सिर २०७५ । पत्रकार जगत नेपालको पुस्तक ‘वीपीको विद्रोह’ सार्वजनिक भएको छ ।

आज शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामबरण यादवले पत्रकार नेपालको पुस्तक ‘वीपीको विद्रोह’ को विमोचन गरेका हुन् । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा रडा. ज्ञानु पाण्डेले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

बाह्रखरी बुक्सले प्रकाशन गरेको पत्रका नेपालको पुस्तकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाबारे सक्ष्म अध्ययन र स्थल वर्णन गरिएको छ। पत्रकार नेपालले वीपीका राजनीतिक जीवनका लुकेका पाटा र विद्रोहका आयामहरुलाई पुस्तकमा समेटेका छन् ।

वीपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्ष, कदम र विद्रोहका क्रममा झेल्नुपरेका संकटबारे सुक्ष्मरुपमा केलाइएको छ । पत्रकार नेपालको यो चौथो कृति हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्