मंसिर ५ -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीले अहिले आफैभित्र परिवर्तन खोजेको बताएका छन् ।यहाँ आज पूर्वकर्मचारी समाज नेपालको प्रथम वार्षिकोत्सवमा उनले काङ्ग्रेस पार्टी लथालिङ्ग हुँदै गएको टिप्पणी गर्दै सङ्क्रमणबाट गुज्रिरहेको पार्टीलाई महासमिति बैठकले मिलाएर लैजानुपर्नेमा जोड दिए ।

उनले तोकिएको मितिबाट महासमिति बैठक स¥यो भने पार्टीलाई ठूलो नोक्सान हुने बताए ।कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर जान नहुने सुझाव दिँदै सरकारले जे ग¥यो त्यो कानून हो भन्ने बुझाइ त्याग्न आग्रह गरे ।कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य एवंपूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीभित्रका गुटउपगुटको अन्त्य गर्नुुपर्नेमा जोड दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्