नयाँदिल्ली, २ मङ्सिर २०७५ । नेपालको छिमेकी मुलुक भारतको उसका छिमेकीहरुसँग समधुर सम्बन्ध रहन सकेको छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्ति वार्ताको आह्वान गर्दा भारतले उक्त प्रस्तावलाई सिधैं नजरअन्दाज गरेको थियो । अहिले पनि जम्मु कश्मीरमा हरेक दिन जनता र सेना मरिरहेका छन । यो बिचमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन । तपाईलाई जानकारी गराउँ पाकिस्तानी प्रधानमन्त्री खान मलेसिया भ्रमणमा गएपछि मोदी माले तर्फ लागेका हुन ।

माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स गएको विदेशमन्त्रालयले जनाएको छ । माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन। पदभार ग्रहण समारोह राजधानी मालेमा आयोजना गरिएको छ । प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो माल्दिभ्स भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति सोलिहसहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्