पर्वतबाट २००५ मा अमेरिका

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा अमेरिका आएका भण्डारी नेपालमा अंग्रेजी विषयको शिक्षक थिए भने अमेरिकामा पनि प्राध्यापन पेसामै आवद्ध छन् ।

४१ वर्षीय भण्डारीको खास नाम हिराबहादुर भण्डारी भएपनि अमेरिका आएपछि एचबी भण्डारी हुँदै अहिले ह्यारी भण्डारी नामले चिनिन्छन् ।

गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उनी दोस्रो भएर निर्वाचित भएका थिए ।

यसअघि, सन् २०१४ मा अमेरिकामा पहिलोपटक उम्मेदवार बनेका भण्डारी त्यतिबेला भने पराजित भएका थिए ।

अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ का दिन निर्वाचन हुने गर्दछ । दुई वर्षपहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो ।

अहिले केन्द्रीय प्रतिनिधिसभाको ४३५ सिट, केन्द्रीय सिनेटको १०० मध्ये ३३ सिट, ३६ गभर्नर तथा राज्य सिनेट र स्टेट डेलिगेटस (विधायकसभा)का साथै स्थानीय तहको निर्वाचन भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्