काठमाडौ, २० कात्तिक २०७५ । नेपालमा नरेन्द्र मोदीको चर्चा निै बढ्न थालेपछि भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ ।

प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना पनि गरेको छ ।कांग्रेस (कांग्रेस–आई) ले नेपाल सरकारलाई सचेत रहन पनि भनेको हो ।

अन्नपुर्ण पोष्ट दैनिक लेख्छ, कुटनीतिक उच्च स्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी) लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ ।

आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ। उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक(अनौपचारिक आग्रह गरेको हो ।

कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्